ad ad

समाज


भोजपुरमा आगलागीका कारण ६ घर नष्ट

भोजपुरमा आगलागीका कारण ६ घर नष्ट

नेपालखबर
चैत ३, २०८० शनिबार १९:५२, टक्सार

भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन्। 

शनिबार दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन्।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए। हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।

मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .