समाज


सुन तस्करी प्रकरण : सीआईबीका २ डीएसपी र नुवाकोटका एसपी हेडक्वार्टर तानिए

सुन तस्करी प्रकरण : सीआईबीका २ डीएसपी र नुवाकोटका एसपी हेडक्वार्टर तानिए

नेपालखबर
चैत २, २०८० शुक्रबार १८:४८, काठमाडौँ

साढे ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका छन्।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले अनुसन्धानमा उनीहरूको गम्भीर कमजोरी औँल्याउँदै अभियुक्तलाई भगाएको पत्ता लगाएपछि कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगको सिफारिससहितको प्रतिवेदन गृहमन्त्री हुँदै प्रधानमन्त्रीलाई बुझाएकै दिन एसपी थापा, डीएसपी कुँवर र दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन्। 

थापा सीआईबीबाट जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका थिए। तर उनलाई नुवाकोटबाटै फिर्ता बोलाइएको हो। डीएसपीद्वय भने सीआईबीमै कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .