सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिने उद्देश्यले प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
ओली नेतृत्वमा सरकार गठन भएको ३ फागुनमा २ वर्ष पुग्दै छ। फागुन ३ गते शनिबार परेकाले प्रधानमन्त्रीले शुक्रबारै संवोधन गर्न लागेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रतिक्रिया