ad ad

समाज


‘ब्ल्यांक चेक’ चोरी गरेर रकम साट्ने व्यक्ति पक्राउ

‘ब्ल्यांक चेक’ चोरी गरेर रकम साट्ने व्यक्ति पक्राउ

नेपालखबर
फागुन ३०, २०८० बुधबार १८:४२, काठमाडौँ

काठमाडौंमा एक व्यक्तिको झोलाबाट खाली चेक चोरेर आफैँ रकम भरी बैंकबाट नगद साटेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–८ स्थायी वतन भई हाल काठमाडौंको शंखमुल डेरा गरी बस्ने वर्ष अन्दाजी ४० को रेशम अधिकारी रहेका छन्।

फागुन २६ गते अन्दाजी साढे ६ बजेको शंखमुलका राधेश्याम रेग्मीको झोलाबाट नगद रु ९७ हजार र ब्लांक चेक चोरी भएको थियो।

रेग्मीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौखिक जानकारी गराएका थिए।

सो कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरी भएको ब्लांक चेक मा ७० हजार रुपैयाँ रकम भरी लक्ष्मी सनराईज बैंक गाबहाल ललितपुरबाट साटेको खुलेको थियो।

उक्त बैंकमा सोधपुछ तथा सीसीटीभीबाट चेक साट्ने व्यक्तिबारे खुल्न आएको प्रहरीले वजनाएको छ।

चोरीमा संलग्न रेशमको खोजतलासका क्रममा प्रहरीले शंखमुलबाट पक्राउ गरेको हो। रेशमलाई बरामद दशीसहित थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .