सवडिभिजन वन कार्यालय राँझा बाँकेमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सात हजार रुपैयाँ घुससहित पक्राउ परेका पार्धेविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत नारायण पार्धेलाई सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
12
Shares

प्रतिक्रिया