दोलखाको तामाकोशी गाउँपालिकाका पूर्वउपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन उपाध्यक्ष खड्का, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत विजय लुइँटेल र तत्कालीन इन्जिनियर सुवोधकुमार चापागाईंसहित १२ जनाविरुद्ध विशे अदालतमा भ्रष्टाचार मुद्ला चलाएको हो।खड्का २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट उपाध्यक्ष बनेकी थिइन्।
सभाहल भवनको लम्बाई पूरा नभएको, पिलर तथा टाई बिमको साइज तलमाथि रहेको र भवन निर्माणस्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफैँ खर्च गरेको भेटिएको आयोगले जनाएको छ।
उनीहरूले लागत अनुमान डिजाइन संशोधन नगरी निर्माण कार्यको आकार र रूप हेरफेर तथा निर्धारित शर्त तथा मापदण्डविपरीत भएको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम १२ लाख ८९ हजार ३२० भुक्तानी दिएर भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।
Shares
प्रतिक्रिया