ad ad

समाज


कीर्तिपुर-१ का वडाध्यक्ष हीरालाल महर्जनको निधन

कीर्तिपुर-१ का वडाध्यक्ष हीरालाल महर्जनको निधन

नेपालखबर
फागुन २४, २०८० बिहिबार १७:२४, काठमाडौँ

काठमाडौंको कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हीरालाल महर्जनको निधन भएको छ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए।

महर्जन ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनका श्रीमती र दुई छोरा छन्।

वडाध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरेका छन्। उनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .