ad ad

समाज


दोस्रो विश्वयुद्धका जापानी सेना वर्तमान समयका सबैभन्दा वृद्ध पुरुष

दोस्रो विश्वयुद्धका जापानी सेना वर्तमान समयका सबैभन्दा वृद्ध पुरुष

नेपालखबर
फागुन १, २०७६ बिहिबार ८:४६,

बुधबार मात्र वर्तमान समयका वृद्ध पुरुषको रुपमा गिनिस बुक अफ वल्र्ड रेकर्डले वातानाबेलाई सम्मान गरेको हो।

वातानाबे सन् १९०७ मार्च ५ मा जन्मिएका थिए। पहिलो विश्वयुद्ध बारे त्यति थाहा नभएका वातानावेले दोस्रो विश्वयुद्धको भने प्रत्यक्ष अनुभव गरे।

दोस्रो विश्वयुद्ध समाप्त हुन अगाडि सन् १९४४ मा उनी जापानी सेनामा भर्ती भएका थिए।

बुधबार गिनिस बुक अफ वल्र्ड रेकर्ड्सको प्रमाणपत्र पाएपछि उनलाई सीएनएनले लामो समयसम्म बाँच्नुको राजबारे प्रश्न गरेको थियो।

जवाफमा उनले भने,‘लामो समयसम्म बाँच्न हामी कहिल्यै रिसाउनु हुन्न। जहिल्यै मुस्कुराउनुपर्छ।’

हाल विश्वका सबैभन्दा बढी बाँच्ने व्यक्ति पनि जापानकै हुन्। उनी ११७ वर्षकी केन तानका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .