ad ad

समाज


कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार ६:५३, काठमाडौँ

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज (बुधबार) बिहान धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस (आदमघाट) बाट खटिएको टोलीले उद्धार गरेको छ।  

उक्त स्थानमा यात्रुको उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए।

लु २ ख २१२१ नम्बरकाे बस बुधबार बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेकाे हाे। मृतक र घाइतेकाे पहिचान खुलेकाे छैन।

दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .