मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्यालयमै मृत फेला परेका छन्।
मोरङको धनपालथान गाउँपालिका ३ मा स्थित सशस्त्र प्रहरी बलको गुल्मका गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
‘दिउँसो सवा २ बजेतिर मृत फेला परेको खबर आएको थियो। त्यस लगतै अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ। अहिले म पनि घटनास्थलतर्फ जाँदैछु’, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने।
बाहिरैबाट झुण्डिएको देखिएपछि प्रहरीले ढोका खोलेको छैन। परिवारराई खबर गरिसकेको र ढोका खोल्न पर्खिरहेको पनि एसपी कार्कीले बताए।
सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बस्यालको मृत्यु भएको पुष्टि गर्दै थप अनुसन्धान चलिरहेको जानकारी दिएका छन्।
डीएसपी बस्यालको घर पाल्पा हो। तर उनका परिवार काठमाडौं बस्दै आएका छन्।
Shares
प्रतिक्रिया