ad ad

समाज


जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
फागुन २१, २०८० सोमबार १५:५०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साबिकको कालै गाविस ४ (हाल सोरु गाउँपालिका–९) स्थित तन्दवाडा–छडा सिँचाइ आयोजना २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले जिल्ला प्राविधिक कार्यालय प्रमुख पाण्डेसहित मुगु सामुदायिक सिँचाइ आयोजनाका इन्जिनियर महेश सिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाय,  सामुदायिक सिँचाइ आयोजना (सीआईपी) मा खटिएका सर्जन बहादुर शाही सोरु गाउँपालिका वडा नं.९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, साबिक कालै गाविसका गाविस सचिव नव गिरीविरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही तथा सामुदायिक सिँचाई आयोजना अन्तर्गत कन्सोलिडेट, म्यानेजमेन्ट सर्भिस (सीएमएस) भन्ने परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापाविरुद्ध पनि मुद्दा दायर भएको छ।

उक्त सिँचाइ आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .