बाजुराको बडिमालिका नगरपालिका कार्यालयभित्रै दुई महिला कर्मचारीबीच कुटाकुट भएको छ।
उक्त घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
नगरपालिकाको मेड्पा परियोजनाकी प्रमुख रञ्जिता शाही र उनकै कर्मचारी कविता कुमारी सूर्यवंशीबीच गत शुक्रबार हात हालाहाल भएको हो।
उनीहरूबीचको सामान्य भनाभन कुटपिटमा परिणत भएको थियो। केहीबेर उनीहरूले कपाल लुछालुछ भएपछि अन्य कर्मचारीले मेलमिलाप गराएका थिए।
तर झगडा भइरहेको भिडिओ बाहिरिएपछि छानबिनका लागि दबाब परेको छ।
2.5k
Shares
प्रतिक्रिया