ad ad

कारोबार


माछापुच्छ्रे बैंकले ल्यायो कारोबार असफल भए रिपोर्ट गर्न मिल्ने सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो कारोबार असफल भए रिपोर्ट गर्न मिल्ने सुविधा

नेपालखबर
फागुन २०, २०८० आइतबार १२:४५, काठमाडौँ

माछापुच्छ्रे बैंक लि.ले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा रिपोर्ट गर्न मिल्ने सुविधा ल्याएको छ। 

बैंकले उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एपरवेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको हो। 

यसअन्तर्गत असफल भएको कारोबारलाई रिपोर्ट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने बैंकले जनाएको छ।

साथै असफल कारोबारको समस्या समाधानपश्चात् रकम फिर्ता भएकोे जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइनेछ। 

बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकनै जहाँकहीँ बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो। 

कसरी गर्ने रिपोर्ट? 
यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोर्ट गर्न सक्नेछन्। 

यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारबारे आवश्यक प्रक्रिया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्नेछ। 

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .