ad ad

समाज


सेनाको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना गम्भीर घाइते

सेनाको ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना गम्भीर घाइते

नेपालखबर
माघ २९, २०७६ बुधबार १४:४९,

सल्यानमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

सल्यानको कपुरकोट ३ चोरखोलामा सेनाको हतियार बोकेको ट्रक खसेर भएको दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको हो। उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जाेशीले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापा घाइते भएका छन्।

सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकाे सेनाकाे ट्रकमा सात जना सवार रहेका प्रहरी निरीक्षक जाेशीले जानकारी दिए।

राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि घाइते सेनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं  ल्याइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .