समाज


कुटपिट आरोपमा पक्राउ परिन् शर्मिला वाइबा

कुटपिट आरोपमा पक्राउ परिन् शर्मिला वाइबा

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १६:४५, काठमाडौँ

पछिल्लो समय अनेक विवादमा मुछिएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले बताए।

उनीविरुद्ध म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएका थिए। त्यसपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो।

सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीका स्वीकारेर घरमा नराखेको र सम्बन्धविच्छेद पनि गर्न नचाहेको कुरा सामाजिक सञ्जालमा ल्याएपछि पवनमाथि कुटपिट भएको थियो।

सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए। त्यस्तै रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि लागेको छ।

शर्मिलाले सीसीटीभी फुटेज दूरुपयोग गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेको विषयमा सम्बन्धित अधिकारीले मात्रै सीसीटीभीफुटेज हेर्न पाइनेमा शर्मिलाले त्यसलाई सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .