ad ad

समाज


सशस्त्र प्रहरीद्वारा केबलकारमा फसेका यात्रुको उद्धार अभ्यास

सशस्त्र प्रहरीद्वारा केबलकारमा फसेका यात्रुको उद्धार अभ्यास

नेपालखबर
फागुन १५, २०८० मंगलबार १६:३३, काठमाडौँ

सशस्त्र प्रहरीले केबलकारमा फसेका व्यक्तिको उद्धार अभ्यास गरेको छ।

चन्द्रगिरी केबलकारमा सशस्त्रले सो अभ्यास गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको आयोजना र चन्द्रागिरी हिल्स प्रालिको सहकार्यमा आपतकालिन उद्धार अभ्यास भएको एपीएफले जनाएको छ।

चन्द्रागिरी केबलकार आपतकालीन उद्धार अभ्यास अन्तर्गत फागुन १५ गते कृतिम घटनाक्रममा आधारित ‘सिमुलेसन’ अभ्यास गरिएको हो।

उक्त उद्धार अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमल बहादुर अधिकारीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल ईन्जिनियर मधुकर बलामीको कमान्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरु सहभागी भएका थिए।

‘सिमुलेसन’ अभ्यासमा दुई वटा फरक(फरक आपत्‍कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दाँया वा बाँया सुरक्षित स्थानतर्फ क्याविनमा सवार यात्रुहरुलाई ‘रोप रेस्क्यु’ प्रबिधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरूको प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापा, चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान, लगायत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणहरु तथा गुल्मका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो।

यस कार्यक्रमको उद्धेश्य नेपालमा उदयीमान केबलकार प्रबिधिमा हुन सक्ने जुनसुकै आपत्तकालीन अवस्थामा उद्धार तथा ब्यवस्थापनको लागी सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकहरुबीच आ-आफ्नो मानव संसाधन, स्रोतहरुको अवस्था, सामार्थ्य एवं दुई संस्थाहरु बीचको सहकार्यलाई प्रभावकारी बनाउदै समग्र केबलकार प्रबिधिलाई पूर्णतस् सुरक्षित बनाउनु रहेको एपीएफले जनाएको छ।

कार्यक्रममा चन्द्रागिरी हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले हालका दिनहरुमा विपद् व्यवस्थापनको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुका साथै यस सिमुलेसन अभ्यासले आगामी दिनमा हुन सक्ने केबलकार आपत्‍कालिन अवस्थामा उद्धार तथा व्यवस्थापन गर्न दुई संस्थाबीचको क्षमता अभिबृद्धी भएको उल्लेख गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले पछिल्लो समयमा ‘बीआईआरडी’ (बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रिभेन्यु सपोर्ट, डिज्यास्टर म्यानेजमेन्ट’ अवधारणालाई प्राथमिकतामा राखेको बताए।

यसै अन्तर्गतको एउटा कार्य डिज्यास्टर म्यानेजमेन्टलाई थप प्रभावकारी बनाउँदै लैजाने संगठनको नीति अनुरुप सरोकारवाला जुनसुकै निकायसँग समन्वय र सहकार्य गरी विपद्‍बाट हुने जोखिम तथा क्षति न्युनिकरण गर्नको लागि सशस्त्र प्रहरी बल सदैव तत्पर रहेको  प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .