ad ad

समाज


संसद भवनमा खटिएका ३२ जना सुरक्षाकर्मी हटाइयो

संसद भवनमा खटिएका ३२ जना सुरक्षाकर्मी हटाइयो

नेपालखबर
फागुन १४, २०८० सोमबार २०:२५, काठमाडौँ

संसद भवनमा आन्दोलनकारी पस्दा खटिएका प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त सिफ्टमा रहेका सबै प्रहरीलाई संसद भवनको सुरक्षा जिम्मेवारीबाट हेडक्वार्टर फिर्ता बोलाएको हो।

उनीहरूको स्थानमा नयाँ कर्मचारी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संसद् भवनको सुरक्षामा विशेष कार्यदलका प्रहरी खटिन्छन्। आन्दोलनकारी पसेको बेला डीयूटीमा रहेका ३२ जना प्रहरीलाई त्यहाँबाट हटाइएको हो।

सोमबार दिउँसो संसद बैठक लगतै लघुवित्त पीडित आन्दोलनकारीहरू संसद् भवन छिरेर प्रदर्शन गरेका थिए। उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन्।

आन्दोलनकारी संसदभित्रै प्रवेश गर्न खोजेपनि मर्यादा पालकले रोकेका थिए। मर्यादा पालकले जान नदिएपछि परिसरमा उनीहरूले नाराबाजी गरेका थिए। प्रहरीले ४९ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ।

घटना छानबिनका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति पनि गठन भएको छ। यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर यस बारेमा जानकारी समेत लिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .