काठमाडौँको धुम्बराहीस्थित एक घरमा चोरी भएको छ। चोरीको आरोपमा सोही घरमा काम गर्ने महिला पक्राउ परेकी छन्।
फागुन ११ गते दिउँसो काठमाडौँ महानगरपालिका- ४ धुम्बराहीस्थित आशिषमान सिंह श्रेष्ठको घरमा चोरी भएको थियो।
सुन चाँदीका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भएको घटनामा सोही घरमा काम गर्ने महिलाको संलग्नता रहेको प्रहरीको दाबी छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको लाँगचेकी ३९ वर्षीया सिता गोतामेलाई पक्राउ गरेको छ।
गोतामे उक्त घरमा एक महिनादेखि काम गर्दै आएकी थिइन्। चोरी भएका सामान र नगद पनि उनीबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनी हाल बुढानिलकण्ठ नगरपालिका- १० आकाशधारा बस्दै आएकी थिइन्। उनीविरुद्ध चोरीको कसुरमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।
420
Shares

प्रतिक्रिया