समाज


महिलाको भेष धारण गरेर स्कुटर चोर्ने पुरुष आधा घण्टामै यसरी परे पक्राउ

महिलाको भेष धारण गरेर स्कुटर चोर्ने पुरुष आधा घण्टामै यसरी परे पक्राउ

नेपालखबर
माघ २९, २०७६ बुधबार ६:५०,

महिलाको भेष धारण गरेर स्कुटर चोर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

गोरखाका २५ वर्षीय मिलन न्यौपानेलाई प्रहरीले चोरी गरेको आधा घण्टामै पक्राउ गरेको छ।

बुधबार बिहान साढे २ बजे दरबारमार्गबाट स्कुटर चोरी गरी भाग्दै गरेका न्यौपानेलाई बिहान ३ बजे कलंकीबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

उनले कान्छी लामाको नाममा रहेको बा४८प ६१८६ नम्बरको स्कुटर दरबारमार्गबाट चोरी गरेका थिए। हाल विपीन बोहराले चलाउँदै आएको सो स्कुटी हराउँदासाथ उनले प्रहरीलाई खबर गरेका थिए।

चोरीको समयमा उनले महिलाको भेष धारण गरेको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।

‘हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर ग¥यौँ, कलंकीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए’, श्रेष्ठले भने।

पक्राउ परेका न्यौपानेलाई दरबारमार्ग प्रहरीमा बुझाउने तयारी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले कसैले पनि आफ्नो साधन हराएको तत्काल प्रहरीलाई सूचना दिए पक्राउ गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad