संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा मंगलबार पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिद–१९ राखेका छौं।’
co को अर्थ कोरोना, vi को अर्थ भाइरस र d को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा covid-19 कोभिद–१९ भनिएको टेडरोसले बताएका छन्।
डाक्टर टेडरोसले चीनबाट फैलन सुरु भएको यस कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि आक्रमक रुपमा लाग्नुपर्ने पनि बताए।
गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ। ४५ हजारभन्दा बढी यसबाट संक्रमित छन्। बीबीसी
? BREAKING ?
"We now have a name for the #2019nCoV disease:
COVID-19.
I’ll spell it: C-O-V-I-D hyphen one nine – COVID-19"
-@DrTedros #COVID19 pic.twitter.com/Kh0wx2qfzk

प्रतिक्रिया