ad ad

समाज


कञ्चनपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

गोकुल जोशी
माघ २८, २०७६ मंगलबार १४:३४,

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा मंगलवार बेलुका जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जेसीबीको ठक्करबाट भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश बादीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले नेपालखबरलाई बताए।

मंगलवार बेलुका पूर्वबाट पश्चिम तिर गइरहेको से १ क १९१६ नम्बरको जेसिबीले पैदल हिडिरहेका बादीलाई ठक्कर दिएको दिएको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको हो। जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .