काठमाडौँको सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी तीनजनाको ज्यान लिएर आफू पनि आत्महत्या गरेपछि टोल नै शोकमग्न भएको छ।
पत्नी, छोरी र नातिनीको हत्यापछि काजीले पनि आत्महत्या गरेको स्थानमा सयौँ स्थानीय जम्मा भएका छन्। त्यहाँ अहिले उपत्यकाका विभिन् प्रहरी इकाइको टोली पुगेर अनुसन्धानमा जुटेको छ।
सोलुखुम्बुको दूधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका- ६ सीतापाइलास्थित भैरबटोलमा डेरा गरी बस्दै आएका बिकले सोलुखुम्बुमै आफन्तको ज्यान लिएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
५१ वर्षीय बिकको शव सीतापाइलास्थित डेराभन्दा माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको हो।
प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको बिहानै कोठामा फेला परेको थियो।
ती महिलाका पति राजु घिमिरे भनिने काजी बिकको पनि शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो। घटनास्थलबाट प्रहरीले हम्मर र कैँची बरामद गरेको छ।
हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली विकको डेरामा जुटेको छ।
Shares
प्रतिक्रिया