ad ad

समाज


आज ९ वटा राशिको भाग्याङ्क उच्च हुँदा कुम्भ सबैभन्दा अगाडि, कुनको कति? हेर्नुस् फागुन ७ को राशिफल

आज ९ वटा राशिको भाग्याङ्क उच्च हुँदा कुम्भ सबैभन्दा अगाडि, कुनको कति? हेर्नुस् फागुन ७ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ७, २०८० सोमबार ४:४७, काठमाडौँ

आज सोमबार, ७ फागुन २०८०। अंग्रेजी पात्रोअनुसार १९ फेब्रुअरी २०२४। राशिअनुसार आज कस्तो फल प्राप्त होला त? हेर्नुस् आजको राशिफल-

मेष : शुभकार्यमा सहभागी भइएला। कुनै कुराले मन प्रसन्न रहनेछ। मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
आजको भाग्यशाली अङ्क ६ रहेको छ भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग पनि ७७ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पुण्य प्राप्ति होला। निलो रङ्गको प्रयोग त्यति उपयुक्त छैन।

वृष : शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मनमा सहयोग भाव आउला। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली अङ्क ४ रहेको छ भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा पनि ७१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यो राशि हुनेलाई आज स्वास्थ्यले राम्रै साथ दिने देखिन्छ। स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

त्यस्तै, कुनै काम गर्नुपूर्व अग्रज व्यक्तिको सुझाव लिएर कार्यारम्भ गर्दा राम्रो हुनेछ। तर, खुट्टा तान्नेहरू सक्रिय हुने हुँदा जाँचबुझ गरेर मात्र अरूको विश्वास गर्नु होला।

मिथुन : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। पुनर्मिलनको विशेष योग रहेको छ। संगीत, कला र साहित्यमा रुचि बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम प्रस्ताव आउन सक्छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा चिताएको पुग्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला। यसले आफैँलाई हानि गर्नेछ।

कर्कट : आफन्त वा सहकर्मीबाट विरोध आउला। गरेको काम बिग्रने सम्भावना छ। मनमा दुबिधा उत्पन्न हुनेछ। साँझमा भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसर प्राप्त होला।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग पनि ७१र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाएमा शरीरमा स्फूर्ति बढ्नेछ भने काममा जाँगर चल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

सिंह : आँटेको र ताकेको कार्य पूरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। साँझमा भने व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ७७, व्यापारमा ८४, वैदेशिक कार्य तथा शिक्षामा दुवैमा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्दा राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा भने त्यति उपयुक्त छैन।

कन्या : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ८०, व्यापारमा ४८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्नु उपयुक्त छ भने कालो रङ्गको प्रयोग गर्नु त्यति हितकर छैन।

तुला : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। भोजभतेरमा सहभागिता हुने अवसर आउनेछ। प्रेम जीवनमा सफलता प्राप्त हुनेछ तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ४७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कामको सुरुआत गर्दा सफलता दर बढ्नेछ। उत्तर दिशातर्फको यात्रा भने सकेसम्म नगर्नु होला।

वृश्चिक : सौन्दर्यमा धन खर्च हुनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा मनमा शान्ति मिल्नेछ। ईर्ष्या गर्नेहरू वरिपरि रहने हुनाले सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : परिवारका सदस्यसित भेटघाट हुनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ४७, व्यापारमा पनि ४७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। यात्राको योग उच्च नै रहे पनि भरिसक्के लामो यात्रा चाहिँ नगर्नु होला, त्यति उपयुक्त छैन।

मकर : दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेमसम्बन्ध बढेर जानेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। वस्त्र एवं अलङ्कार प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७७, वैदेशिक कार्यमा पनि ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानाले साइत पर्नेछ। झुटो चाहिँ नबोल्नु होला। झुट बोल्दा बनिसकेको काम पनि बिग्रने सम्भावना छ।

कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ९ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ७७, व्यापारमा ४९, वैदेशिक कार्यमा ८० र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसका साथै, स्वास्थ्य अनुकूलता र यात्राको योग ७१/७१ प्रतिशत तथा सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। खैरो रङ्गको प्रयोग भने नगर्नु होला।

मीन : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ। साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ३४, व्यापारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठेर पितृ देवताको आशीर्वाद लिएमा दिनभरिका काम सरल र सहज तरिकाले सम्पन्न हुने छन्। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .