ad ad

समाज


रसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

रसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
फागुन ३, २०८० बिहिबार १७:३८, काठमाडौँ

वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फुलबारी स्थायी घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने वर्ष ३० को मिलन तामाङ रहेका छन्।

तामाङले गणेश बिसी समेत २ जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँ लाग्छ, रसिया पुगेपछि कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

पीडितबाट पटक पटक गरी १ लाख ६५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन २ गते सामाखुशीबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .