समाज


तपाईंको आज भाग्याङ्क कति? हेर्नुस् फागुन ३ गतेको राशिफल

तपाईंको आज भाग्याङ्क कति? हेर्नुस् फागुन ३ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ३, २०८० बिहिबार ५:१०, काठमाडौँ

आज बिहीबार, ३ फागुन २०८०। अंग्रेजी पात्रोअनुसार १५ फेब्रुअरी २०२४। आज कुन राशिलाई कस्तो फल मिल्नेछ, हेर्नुस् राशिफल-

मेष : आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

आजको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ४ रहेको छ।

प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु होला।

वृष : धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। शुभ कार्यमा सहभागी भइएला। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा भने कार्य सम्पादन हुनसक्छ। भ्रमणको योजना पनि बन्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ।

आज प्रेम र सम्बन्धमा २९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा २१ प्रतिशत सफलता मिल्नेछ। 

त्यस्तै, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ भने सजिलै अरूको विश्वास नगर्नु होला।

मिथुन : सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

यो राशिको आज भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ४ रहेको छ।

प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६४, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिँदा मन आनन्दित हुनेछ। उत्तर दिशाको यात्रा गर्नु त्यति उपयुक्त देखिँदैन।

कर्कट : कार्यसिद्धिको योग छ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४७, सेयर बजारमा पनि ६१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्दा सफल हुने सम्भावना धेरै रहन्छ। कालो रङ्गको प्रयोग चाहिँ नगरेकै राम्रो। 

सिंह : आज धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ रहेको छ।

प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७६, सेयर बजारमा ४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्दा शरीरमा स्फूर्ति बढ्नेछ। तामसिक भोजन भने नगर्नु होला।

कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। तर सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ।

आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क २ हो।

प्रेम र सम्बन्धमा ६४, व्यापारमा २९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ। 

त्यस्तै, स्वास्थ्य अनुकूलता ७२ र यात्राको योग पनि ७२ नै रहेको छ भने सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग चाहिँ नगरेकै बेस।

तुला : शुभ र नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। साँझमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ४ रहेको छ।

आज प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विद्यार्थीलाई सहयोग गर्नु राम्रो हुनेछ। खुट्टा तान्नेहरू सक्रिय रहने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

वृश्चिक : रोकिएका अधुरा काम पूरा हुनेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रशासनिक निकायको भय भने रहनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ।

प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

आज स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपटतिर लाग्दै नलाग्नु होला। यसले आफैँलाई हानि गर्नेछ।

धनु : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। साहस र हिम्मत बढ्नेछ। नयाँ कामको योजना पनि बन्ला। कृषि कार्यबाट बढी लाभ मिल्नेछ। बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाइनेछ।

आजको भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ४ रहेको छ।

प्रेम र सम्बन्धमा ४७, व्यापारमा ५५, सेयर बजारमा २१, वैदेशिक कार्यमा ४७ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ४१, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्दा सफल भइनेछ। भरिसक्के लामो दूरीको यात्रा नगर्नु होला।

मकर : सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। निर्णय कार्यान्वयन हुन नसक्ला। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ भने 

प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४९, सेयर बजारमा २४,  वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट बोलेमा मिथ्या आरोप सहनु पर्ला।

कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला।

भाग्यशाली भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, आज स्वास्थ्य अनुकूता ४७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क पनि ६४ प्रतिशत नै रहेको छ।

यो राशि हुनेले आज प्यासीलाई पानी दिएमा मनले चिताएको पुग्नेछ। खैरो रङ्गको प्रयोग चाहिँ नगर्नु होला।

मीन : कुनै कुराले मनमा शान्ति छाउनेछ। निर्माणको कार्य अघि बढ्नेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ्ग पर्पल  र भाग्यशाली अङ्क ६ रहेको छ।

प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४४, सेयर बजारमा ४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग पनि ७२ नै र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ। छलकपट गरियो भने नमज्जासँग फसिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .