ad ad

समाज


सान इन्टरनेसनल कलेज आफ्नै भवनमा, मनायो २४ औं वार्षिकोत्सव

सान इन्टरनेसनल कलेज आफ्नै भवनमा, मनायो २४ औं वार्षिकोत्सव

नेपालखबर
फागुन २, २०८० बुधबार १७:३०, काठमाडौँ

काठमाडौंको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेसनल कलेजले चन्द्रागिरी नगरपालिका–१४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औं वार्षिकोत्सव दिवस मनाएको छ।

आइतबार प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो। कलेजको २४ औं दिवस समारोहलाई सम्बोधन गर्दैै उपसभामुख रानामगरले समयको सदुपयोग गर्नुपर्ने बताउँदै समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरू गुमिरहेको बताउँदै समयको ख्याल राख्नुपर्ने बताइन्।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफू अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको र कलेजबाट आमन्त्रित गरेकोमा धन्यवाद दिइन्।

आफूलाई कलेजले छात्रवृत्ति उपलब्ध गराई अध्यापन गराएको उल्लेख गर्दै उनले आगामि दिनमा नेपाल भरका विद्यार्थीहरूलाई भर्ना भई छात्रवृत्तिमा अध्ययन गराउन पनि सुझाव दिइन्।

त्यसैगरी कार्यक्रममा वरिष्ठ कलाकार दिपकराज गिरी र शिवहरी पौड्यालले सान इन्टरनेसनल कलेज साच्चिकै काठमाडौं महानगरपालिकामा सान भएको र यस चन्द्रागिरी नगरपालिकामा पनि साच्चिकै सान नै भएर अगाडि बढ्ने शुभकामना दिए।

स्थापना दिवसमा कलेजले स्नातक तहका बीबीए र बायोटेक्नोलोजी कार्यक्रमका विद्यार्थीहरूको दीक्षान्त समारोह पनि गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .