ad ad

समाज


भ्यालेन्टाइन डे सप्ताह : आज किस डे, यस्ता छन् चुम्बनका फाइदा

भ्यालेन्टाइन डे सप्ताह : आज किस डे, यस्ता छन् चुम्बनका फाइदा

नेपालखबर
फागुन १, २०८० मंगलबार ७:३७, काठमाडौँ

पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा मनाइन्छ। 

पहिला एक दिन मात्र (फेब्रुअरी १४) भ्यालेन्टाइन डे मनाइन्थ्यो। अहिले यसको सुरुवात रोज डे (फेब्रुअरी ७) बाट गर्ने गरिएको छ।

त्यसपछि फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १०  मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ मा किस डे र अन्त्यमा फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ। 

यसअन्तगर्त आज फेब्रुअरी १३ अर्थात् किस डे मनाइँदै छ। आजको दिन प्रेम जोडीले एकअर्कालाई किस अर्थात् चुम्बन गरेर आफ्नो प्रेम प्रकट गर्छन्। 

प्रेम व्यक्त गर्ने विभिन्न माध्यममध्ये चुम्बन पनि उत्तम माध्यम हो। चुम्बनले एक अर्कामा माया–प्रेम बढाउने मात्र होइन, स्वास्थ्यका हिसाबले पनि यो निकै फाइदाजनक हुने विज्ञहरूको भनाइ छ।    

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्ने भएकाले यसले एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्यालाई कम गराउनसमेत मद्दत पुर्‍याउँछ। 

किस अर्थात् चुम्बनबाट हुने फाइदालाई बुँदागत रूपमा यसरी बताउन सकिन्छ–

–चुम्बनका बेला मुटुको धड्कन बढ्ने भएकाले शरीरमा रगतको प्रवाह बढ्छ, जसले धेरै रोगका जोखिमबाट बचाउँदै स्वस्थ रहन मद्दत गर्छ।

–चुम्बनका बेला मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्किने भएकाले शरीरमा खुसीको हर्मोन वृद्धि गर्छ, जसले मानिसलाई खुसी रहन मद्दत गर्छ।

–अध्ययनअनुसार चुम्बन गर्दा शरीरमा तनाव बढाउने ‘कोर्टिसोल’ नामको हर्मोनको मात्रा कम हुन्छ। 

–चुम्बनले शरीरमा रक्तसञ्चार बढाउने भएकाले टाउको दुख्ने, पेट दुख्नेजस्ता धेरै समस्यामा राहत दिन्छ। 

–चुम्बन गर्दा साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत बिगार्ने ब्याक्टेरिया नष्ट गर्छ। 

–चुम्बनले शारीरिक थकान र पीडामा मल्हमको काम गर्छ। 

–चुम्बनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउँछ। 

–समग्रमा चुम्बनले शरीरको प्रतिरक्षा प्रणालीलाई नै मजबुत बनाउन मद्दत गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .