ad ad

समाज


सरकारी तथ्यांक भन्छ : अझै पनि २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

सरकारी तथ्यांक भन्छ : अझै पनि २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

नेपालखबर
माघ २९, २०८० सोमबार १७:३६, काठमाडौँ

नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो।

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए।

उनकाअनुसार मानिसहरुको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ।

प्रवक्ता रेग्मीले भने, ‘आज पनि नेपालमा करिब २० प्रतिशत भन्दा बढी मानिसहरु न्युनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरुको प्रतिशत अहिले पनि करिव २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ।’

प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताए। सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिव ३४ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेका छन्।

सर्वेक्षणमा कणाली प्रदेशमा भने गरिवीको संख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

सर्वेक्षणको संक्षिप्त विवरण यस्तो छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .