तालिवान लडाकु इसानुल्ला इसानले सन् २०१२ मा मलालाई विद्यालयको बसबाट झारेर शिरमा गोली प्रहार गरेका थिए।
यद्यपी मलाला उक्त आक्रमणबाट बाँच्न सफल भएकी थिइन्। सन् २०१७ मा मात्र इसान पक्राउ परेका थिए।
मलालाले पाकिस्तानमा महिला शिक्षाको आवाज उठाउन थालेपछि उनी तालिवानको तारो बनेकी थिइन्।
यस घटनापछि उनलाई बेलायत उपचारको लागि वेलायत लगिएको थियो। महिला शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिएकामा मलालालाई सन् २०१४ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
हाल मलालालाई बेलायतले त्यहाँको नागरिकता प्रदान गरेको छ। उनी त्यही बस्दै आएकी छिन्। एजेन्सी


प्रतिक्रिया