ad ad

समाज


नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन हुने

नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन हुने

नेपालखबर
माघ २६, २०८० शुक्रबार २१:४९, काठमाडौँ

नेपालमा पहिलोपटक रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको सहयोगमा मायाको पहिचान नेपालले अप्रिल २० र २१ तारिखका दिन सम्मेलन आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधानसभाका सदस्य सुनिलबाबु पन्तका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, होटल व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय, सञ्चारकर्मी तथा सेलिब्रेटीलाई आमन्त्रण गरिनेछ।

कार्यकारी निर्देशक पन्तले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न र रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्ने बताए। उनले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि पनि यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण ‘सेगमेन्ट’ भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताए। कार्यक्रमको प्रचार–प्रसारका लागि ‘स्टार प्रमोटर’का रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी तथा ब्लगर लेक्स लिम्बूलाई घोषणा गरिएको आयोजकले जनाएको छ। सम्मेलनको ‘हस्पिटालिटी’ साझेदारका रूपमा अलफ्ट होटल रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .