समाज


सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की

सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की

सागर न्यौपाने
माघ २७, २०७६ सोमबार ७:१६,

ललितपुर महानगरपालिका वडा नं. २  सानेपामा रहेकाे पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार विजय चौधरी मृत अवस्थामा फेला परेका छन्। सचिव श्रीमती मुना कार्की भने अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

एकाबिहानै पशुपति दर्शन गर्न गएका सरकारका पूर्वसचिव कार्कीले घर फर्किएपछि मात्रै उक्त विभत्स दृश्य देखेका थिए। त्यसलगत्तै उनी भुइँमा लडेको घटनास्थलमा उपस्थितहरुले बताएका छन्। त्यसको केहीबेरपछि उनी चिच्याएपछि मात्रै वरपरकाले थाहा पाएका थिए। सोलगत्तै प्रहरीलाई खबर गरिएको थियो।

karki arjun nn 2

सचिव कार्की सोमबार पारेर पशुपतिको दर्शन गर्न गएको बुझिएको छ। सचिव कार्की बिहान करिब ११ बजे घर फर्किँदा उनको श्रीमती भान्साकोठामा रगतपिच्छे अवस्थामा भेटिएको छिमेकीहरुले बताएका छन्। वरपरका छिमेकी र प्रहरीले दिएको जानकारीअनुसार कार्की घर आएपछि मात्रै घटनाबारे सार्वजनिक भएको हो।

घटनाबारे ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राइले भने, 'एक जना मृत अवस्थामा र अर्का एक जना अचेत अवस्थामा भेट्याैँ। अचेत अवस्थामा भेटिएकालाइ स्टार अस्पताल पठायाैँ।'

karkiko ghar 1

एसएसपी राईले के कारणले घटना भएको हाे भन्नेबारे अनुसन्धान गरिरहेको बताए। अचेत अवस्थामा फेला परेकी श्रीमती कार्कीलाई सानेपामै रहेको स्टार अस्पताल लगिएको छ।

karkiko ghar 2

तस्बिरहरूः प्रविन काेइराला 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad