ad ad

समाज


केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पठाएको रहेछ धरहराको पार्किङ बन्द गर्न महानगरलाई पत्र

केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पठाएको रहेछ धरहराको पार्किङ बन्द गर्न महानगरलाई पत्र

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १०:३१, काठमाडौँ

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईं बबरमहलले काठमाडौँ महानगरपालिकालाई धरहराको पार्किङ बन्द गर्न पत्र पठाएको खुलेको छ। 

मेयर बालेन्द्र शाहले काठमाडौँको धरहरा क्षेत्रमा महानगरले हालै खुला गरेको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै सोमबार बिहान आक्रोस व्यक्त गरेका थिए। तर, कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठाएको हो खुलाएका थिएनन्। 

केन्द्रीय आयोजना कार्यान्वयन इकाईं (भवन तथा आवास) कार्यालय बबरमहलले महानगरलाई धरहराको पार्किङ निर्माण पूरा नै नभई सञ्चालन नगर्न भन्दै पत्र पठाएको पाइएको छ। 

निमित्त आयोजना निर्देशन झप्परसिंह विश्वकर्माले माघ १४ गते नै काठमाडौँ महानगरपालिकालाई पत्र पठाएका हुन्। पत्रमा अहिले नै पार्किङ सञ्चालनमा नल्याउन भनिएको छ।

पत्रमा इकाइँसँग कुनै सम्पर्क र समन्वय नै नगरी निःशुल्क पार्किङ खुला गरिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ। 

धरहरा आयोजना क्षेत्रमा अझै धेरै संरचनाहरुको निर्माण पूरा नभएको, कतिपय संरचना निर्माणाधिन अवस्थामा रहेको, पार्किङ खुला गर्दा त्यहाँको सामानको सुरक्षामा प्रश्न उठेको उल्लेख गर्दै पत्रमा अहिले नै पार्किङ सञ्चालनमा ल्याउँदा बाँकी काम गर्न पनि समस्या भइरहेको उल्लेख छ। 

निर्माण पूरा नभइ धरहरा आयोजनाको भूमिगत पार्किङ सञ्चालनमा ल्याउँदा निस्सासिने समस्या सिर्जना हुनसक्ने तर्फ पनि पत्रमा सचेत गराइएको छ। 

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँलाई बोधार्थ पठाइएको पत्रमा अहिले नै पार्किङ स्थल प्रयोग नगर्न भनिएको छ। 

हेर्नुहोस् आयोजनाले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .