काठमाडौँ महानगरपालिकाले कुलेश्वर क्षेत्रबाट आज सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर- १४ कुलेश्वरस्थित साझा पेट्रोल पम्प क्षेत्रबाट नगर प्रहरीले शुक्रबार बिहान सुर्तीजन्य पदार्थ बरामद गरेको हो।
लक्ष्मी बलामी, रीता केसी, जीवन बस्नेत, प्रमिला शाह र कुन्दन जैसवालले सञ्चालन गरेको किराना पसलमा झुन्डाएर राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको महानगरीय प्रहरीले जनाएको छ।
पटक पटक सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि सामानै जफत गरिएको हो। काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ।
84
Shares
प्रतिक्रिया