समाज


वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसुरदार पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसुरदार पक्राउ

नेपालखबर
माघ २६, २०७६ आइतबार १०:२२,

वैदेशिक रोजगार कसुर मुद्दाका फरार कसूरदार भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई शुक्रबार कोटेश्वर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad