राजनीति


कानुन सबैलाई समान रुपमा लागू नहुनु आपत्तिजकः बडु

कानुन सबैलाई समान रुपमा लागू नहुनु आपत्तिजकः बडु

नेपालखबर
माघ २६, २०७६ आइतबार १०:१८,

नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन प्रकृया गलत भएकोले तेस्रो पटक संसद अवरुद्ध गरेको जनाएको छ।

आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले किन छानबिन गरियो भनेर नभइ छानबिनको प्रकृया गलत भएको भनेर विरोध गरिएको बताए। संसदमा छलफल गरेर टुंगिने विषय नभएको आफूहरुलाई थाहा भएपनि अदालतमा मुद्दा पु-याउने प्रकृया निष्पक्ष र कानूनसम्मत नभएको उनले बताए। कानून सबैलाई समान हुने भएपनि एउटै कानूनलाई फरक फरक ढंगले ब्याख्या गरेर मुद्दा अगाडि बढाउने विषय आपत्तिजनक भएको उनले बताए।

सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक कांग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताए। संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीँपनि नजोडिएको बताउँदे नेम्वाङले भने, ‘कहाँ सहयोग गर्नुप-यो हामीले भनिरहेका छौँ। तर त्यो कुरा आएको छैन। अख्तियारले एकतर्फि मुद्दा दायर गरेको देखिँदैन। संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्ने हुँदैन। अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्न समेत गर्न पाईंदैन।’

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णय गरेको भन्दै लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दै यो विषयलाई गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताए।

आइतबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो। आइतबार सभामुखले कांग्रेस सांसदलाई बोल्ने समय दिएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad