ad ad

समाज


देशमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल नेपाली चिकित्सक टोलीलाई ओलीले दिए बधाई

देशमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल नेपाली चिकित्सक टोलीलाई ओलीले दिए बधाई

नेपालखबर
माघ १८, २०८० बिहिबार १३:५७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल नेपाली चिकित्सक टोलीलाई बधाई दिएका छन्।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक-स्वास्थ्यकर्मी मात्र सम्मिलित टोलीले पहिलोपटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको हो। नुवाकोटका ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीय पत्नीले कलेजो दान गरेपछि प्रत्यारोपण गरिएको थियो।

प्रा. डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० जनाभन्दा बढीको टोलीले गत पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न गरेको थियो। कलेजो प्रत्यारोपण गर्न ११ घण्टा लागेको थियो। 

उक्त टोलीलाई बधाई दिँदै एमाले अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आठ वर्षअगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनुपर्ने बाध्यता थियो। कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ।’

कलेजो प्रत्यारोपित पति र पत्नी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएपछि अस्पतालले उक्त सफलता सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .