ad ad

कला


यस्तो छ 'हीरामन्डी'को टिजर (भिडिओ)

यस्तो छ 'हीरामन्डी'को टिजर (भिडिओ)

नेपालखबर
माघ १८, २०८० बिहिबार १४:१४, काठमाडौँ

सञ्जय लीला भन्सारीको डेब्यु वेबसिरिज 'हीरामन्डी : द डाइमन्ड बजार'को टिजर सार्वजनिक भएको छ।

नेटफ्लिक्स वेब सिरिजको टिजरमा मुख्य स्टार कास्टको पहिलो झलक देख्न सकिन्छ।

टिजरमा अदिति राव हैदरी, मनीषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डा फरक-फरक लुक्समा देखिएका छन्।

सञ्जय लीला भन्सालीले बनाएका चलचित्रजस्तै फस्टलुक टिजर भव्य र सशक्त छ।

नेटफ्लिक्समा हीरामन्डीमा स्वतन्त्रतापूर्व भारतको झलक पनि समावेश छ।

सञ्जय लीला भन्सालीले यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटेका छन्।

यो वेब सिरिज प्रेम, शक्ति र स्वतन्त्रता बीचको लडाइँसमेत हो।

यस सिरिजमा सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ।

सिरिजका लागि सबै अभिनेत्रीले आफ्नो भूमिकामा आउन सक्ने गरी नृत्य तालिम लिएका छन्।

नेटफ्लिक्समा स्ट्रिमिङ हुने यस वेव सिरिजको रिलिज डेट टुंगो लागेको छैन।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .