ad ad

समाज


बाँदर नियन्त्रणको उपाय खोज्न यी सांसद जाँदैछन् भारतको हिमाचल

बाँदर नियन्त्रणको उपाय खोज्न यी सांसद जाँदैछन् भारतको हिमाचल

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १७:५४, काठमाडौँ

देशभर बाँदरले दु:ख दिएका समाचार आइरहेका बेला नियन्त्रणको उपाय खोज्न सांसदहरूको जम्बो टोली नै भारत जाने भएको छ।

पशु चिकित्सकसहित सांसदहरुको १९ जना सांसदसहितको जम्बो टोली भारतको हिमाञ्चल राज्यमा जाने भएका हुन्।

यो टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू रहनेछन्।

त्यसैगरी १० जना पशु चिकित्सक र ५ जना  रेन्जरलाई पनि टोलीमा राखिने छ। 

 कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बादर नियन्त्रणको उपाय खोजीका लागि भारत जाने प्रस्ताव गरेकी थिइन्।

उनको त्यही प्रस्तावअनुसार १९ जना सांसदहरूको टोली भारत भ्रमणमा जाने तय भएको हो। 

समिति सभापति राणा भारतीय पक्षले नै आमन्त्रण गरेकाले भ्रमण हुन लागेको बैठकमा बताएकी छन्। समितिका सदस्यहरूको भ्रमण मिति तय हुन बाँकी छ। भारतीय पक्षले भ्रमण मिति तय गरेर खबर पठाएपछि नेपालबाट टोली त्यता लाग्नेछ।

पोखराका एकजना वडाअध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सार्वजनिक गरिरहँदा सांसदहरू पनि भारत यात्रामा जाने भएका हुन्। 

संसदीय समितिको बैठकमा बाँदर नियन्त्रणबारे सांसदहरूले सरकारलाई उपाय खोज्न भनेका थिए। बाँदरका कारण खासगरी पहाडी क्षेत्रका किसानको उठिबास भएको भन्दै नियन्त्रणको उपाय खोज्न सांसदहरूले दबाब दिइरहेका छन्। 

भारत जाने सांसदहरू 

अमृतलाल राजवंशी

अनिशा नेपाली

कुशुमदेवी थापा

अशोककुमार चौधरी 

दिक्पालकुमार शाही

गंगाप्रसाद यादव

रूपा सोसी चौधरी

वीरबहादुर बलायर

विजुला रायमाझी

सरस्वती सुब्बा

सूर्यकुमार श्रेष्ठ 

सूर्यप्रसाद ढकाल

सोनु मुर्मु

नवलकिशोर शाह सुडी

मीना तामाङ

विनिता कठायत

रूपा विक

मनवीर राई

योगेन्द्र मण्डल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .