ad ad

समाज


भक्तपुरमा रोकिराखेको निसान गाडीमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, युवती घाइते

भक्तपुरमा रोकिराखेको निसान गाडीमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, युवती घाइते

नेपालखबर
माघ १७, २०८० बुधबार १३:५१, काठमाडौँ

गएराति भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक युवती घाइते भएकी छन्। 

घाइते युवकको उपचारको क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएकी युवतीको भक्तपुरमै उपचार चालिरहेको प्रहरीले जनाएको छ।

मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित आकाशेपुल नजिकै मंगलबार राति १० बजे बागमती प्रदेश ५ ख २५१ नम्बरको निसान गाडीको पछाडि तीव्र गतिको मोटरसाइकल ठोक्किँदा भक्तपुरकै सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २४ वर्षीय समन भुजेल गम्भीर घाइते भएका थिए। 

टायर पन्चर भएर सडक किनारामा रोकिराखको निसान गाडीमा प्रदेश नम्बर ३- ०२ -००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका उनलाई उपचारको लागि तत्कालै नजिकैको मध्यपुर ठिमी अस्पताल लगिएको थियो। 

उपचारकै क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए।

युवकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा राखिएको छ। दुर्घटनामा मोटरसाइकको पछाडि सवार बालकोटकै २० वर्षीया सोफिया ठकुरी घाइते भएकी छन्। 

उनको भक्तपुरमै रहेको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि निसान गाडीलाई प्रहरीले नियन्त्रणमा राखेको छ। चालक भने अहिलेसम्म फरार छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .