ad ad

बागमती


भक्तपुरमा १५ फिट गहिरो खाल्डोमा खसेका २ वर्षीय बालकको सकुशल उद्धार

भक्तपुरमा १५ फिट गहिरो खाल्डोमा खसेका २ वर्षीय बालकको सकुशल उद्धार

नेपालखबर
माघ १७, २०८० बुधबार १३:५४, काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिकामा १५ फिट गहिरो खाल्डोमा खसेका २ वर्षका बालकलाई एक घण्टापछि सकुशल उद्धार गरिएको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार अपराह्न ४:५५ बजे सूर्यविनायक नगरपालिका-५, कटुन्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा रामेछापको मन्थली नगरपालिका-७, घर भई हाल कटुन्जे बस्ने वर्ष २ का सजिन भुजेल खेल्ने क्रममा खसेका थिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत्त जगातीबाट गएका प्रहरी टोलीले मंगलबार ५ः५० बजे सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। बच्चाको उद्धारमा प्रहरीलाई आरएनए १६ र स्थानीयले सहयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .