ad ad

समाज


त्रिवि केन्द्रीय क्याम्पसमा पढाउने व्यवस्था मिलाइदिने भन्दै दुई लाख ठगी, आरोपी पक्राउ

त्रिवि केन्द्रीय क्याम्पसमा पढाउने व्यवस्था मिलाइदिने भन्दै दुई लाख ठगी, आरोपी पक्राउ

नेपालखबर
माघ १५, २०८० सोमबार १६:५८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन मिलाइ दिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

काठमाडौं बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरीको शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .