काठमाडौंको अनामनगरबाट प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अनामनगरकै ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–१९ घर भइ हाल काठमाडौंको नयाँवस्तीबस्ने वर्ष ३० को विश्वास राई रहेका छन्।
अनामनगरस्थित युवराज प्रसाईको घरमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रुपमा रकमको हुण्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिई गएको प्रहरी टोलीले युवराज प्रसाई समेतलाई पक्राउ गरेको जनाएको छ।
खानतलासीका क्रममा उक्त सटर कोठाबाट नेपाली रुपैयाँ ३० लाख १८ हजार, ल्यापटप थान–२, मोबाईल थान–५ बरामद भएको छ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया