ad ad

समाज


भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नियम लागू

भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नियम लागू

नेपालखबर
माघ १०, २०८० बुधबार १७:१२, काठमाडौँ

सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरेको छ। भिजिट भिसामा विदेश जानेहरुलाई ठगिन र गैरकानूनी ढंगले त्यही लुकेर काम गर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यागमन विभागले बुधवारदेखि लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नियम लागू गरेको हो।

भिजिट भिसामा जानेहरु नठगिउन् र विदेशमा लुकेर गैरकानूनी ढंगले काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।

जसअनुसार ६ महिनाको अवधि भएको पासपोर्ट हुनुपर्नेछ। त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो ? त्यसको खर्चको विवरण उनीहरुसँग हुनुपर्नेछ।

सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अवस्थामा उनीहरुसँग ५ सय डलर बराबरको नगदी सटही भएको प्रमाण पनि बुझाउनुपर्ने महानिर्देशक तामाङले बताउनु भयो। यसअघि सरकारले भिजिट भिसामा विदेश जानका लागि १७ बुँदे नियम लागू गरेको थियो।

त्यसमा नक्कली कागजातहरु बनाउने नाममा गठिने र विचौलियाहरुको फन्दामा परेर गन्तव्य मुलुकमा लुकेर गैरकानूनी ढंगले काम गर्ने अवस्था भएपछि अहिले नयाँ ६ बुँदे नियम लागू गर्नुपरेको पनि अध्यागमन विभागले जनाएको छ।

महानिर्देशक तामाङले भिजिट भिसामा जानेहरुलाई विचौलियाको भर नपर्न र उनीहरुले ठगी गर्ने अवस्थामा परेमा तत्काल नेपाल सरकारको सम्बन्धित निकायमा सम्पर्क गर्न विभागले सल्लाह दिएको बताए।

विभाग जारी गरेको ट्राभल एडभाइजरीमा भिजिट भिसामा जानेहरुले गर्ने कामको सूचि नै उल्लेख गरिएको छ। महानिर्देशक तामाङले सो एड्भाईजरीमा पासपोर्ट, भिसा, टिकट, त्यहाँ बस्ने ठाउँ र खर्च बाहेक भिजिट भिसामा विदेश जानेहरुले अन्य खर्च गर्नु नपर्ने कुरा उल्लेख गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .