ad ad

कारोबार


१ खर्ब ३५ अर्ब सहुलियत ऋण लिँदै वायुसेवा निगम, नयाँ जहाज खरिद गरिने

१ खर्ब ३५ अर्ब सहुलियत ऋण लिँदै वायुसेवा निगम, नयाँ जहाज खरिद गरिने

नेपालखबर
माघ १०, २०८० बुधबार १७:२०, काठमाडौँ

नेपाल वायुसेवा निगमले कम ब्याजदरको ऋण लिने भएको छ। अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी जहाज किन्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिनलागेको निगमले जनाएको छ। 

निगमका अनुसार यसअघि जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कम ब्याजदरमा ऋण लिई ब्याज खर्चको भार कम गर्ने उद्देश्यले अहिले ऋण लिन लागिएको हो। 

निगम व्यवस्थापनबाट पेश भएको प्रतिवेदनअनुसार सहुलियत ऋण लिनको लागि सैद्धान्तिक सहमतिको लागि निगम सञ्चालक समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा गत जेठ २५ मा बसेको सञ्चालक समितिको बैठकले सरकारसमक्ष पेश गर्ने निर्णय भएको थियो।

सोहीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशनअनुसार  यही माघ ४ को निगम सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण लिन मंगलबार अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको निगमको भनाइ छ।

प्राप्त हुने ऋणमध्ये नेपाल सरकार तथा सम्बन्धित निकायहरुको स्वीकृति लिई मौजुदा ऋण तिर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरु खरिद गर्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार गर्ने ह्याङ्गर निर्माणका लागि लगानी गर्ने निगमको योजना छ।

उक्त ऋण एकै पटक नभई निगमको व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक-पटक लिइने र ऋण पाएपछि वार्षिक रुपमा तिर्दै आएको करिब साढे तीन अर्ब ब्याज खर्चमा उल्लेख्य कटौती हुने निगमको आशा छ। 

यसले निगमको नाफा वृद्धि हुने अपेक्षाका साथ आशयपत्र आह्वान गरिएको निगमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .