ad ad

समाज


सघन उपचार कक्षमा कार्यरत नर्सको क्षमता बढाउन ॐ हस्पिटलमा ‘सीएमई’ कार्यक्रम

सघन उपचार कक्षमा कार्यरत नर्सको क्षमता बढाउन ॐ हस्पिटलमा ‘सीएमई’ कार्यक्रम

नेपालखबर
माघ ८, २०८० सोमबार १५:४१, काठमाडौँ

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर नर्सेस् एसोसिएसनको कन्टिन्यूड मेडिकल एडुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ।

सिएमईले सघन उपचार कक्षमा कार्यरत नर्सहरुको ज्ञान र सीप अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ॐ हस्पिटलका सघन उपचार विशेषज्ञ तथा क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेसनका संस्थापक सदस्य डा. प्रमेश सुन्दर श्रेष्ठले नेपालको सघन उपचार बिगतको तुलनामा निकै स्तरीय भएको दाबी गरे।

स्वागत मन्तव्यका क्रममा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ॐ हस्पिटलले नर्सहरूको यस किसिमका सिएमई नियमित रुपमा गर्दै आएको जिकिर गरिन्। नर्सहरूले उपचार सीपको स्तर बृद्धिसँगै आफ्नो बानी ब्यहोरामा पनि सुधार गरेर ‍सेवा गर्नुपर्नेमा उनको जोड छ।

मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएसनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजित सीएमई अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि विषयहरु सधैं प्रभावकारी हुने बताइन्।

ॐ हस्पिटलकी क्रिटिकल केयर नर्सिङ इन्चार्ज तथा क्रिटिकल केयर नर्सेस् एसोसिएसन अफ नेपालकी सह–कोषाध्यक्ष सविना ढकालले यस किसिमका शिक्षाप्रद कार्यक्रमहरूमा नर्सहरूको सहभागित स्वस्फुर्तरुपमा हुनुपर्ने र आफैं जागरुक भएर सहभागी हुन नर्सहरूलाई आग्रह गरिन्।

सीएमईमा सघन उपचार कक्षमा क्रिटिकल केयर नर्सका रुपमा काम गर्दा आईसीयूमा एआरडीएस (अक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम) को ब्यवस्थापनबारे त्रिबि शिक्षण अस्पतालमा कार्यरत नर्सिङ सुपरभाईजर पार्वता भट्टराईले प्रस्तुति दिएकी थिइन्।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी क्रिटिकल केयर नर्स विनिता थापाले एसीएसएम (अक्युट कोरोनरी सिन्ड्रोम म्यमनेजमेन्ट) बारे प्रस्तुति दिएकी थिइन्।

त्यसैगरी, ॐ हस्पिटलको सघन उपचार विभागका कार्यरत क्रिटिकल केयर नर्स रोशनी श्रेष्ठले आईसीयु नर्सहरुकालागि मानसिक स्वास्थ्य सचेतनाबारे प्रस्तुति दिएकी थिइन्।

आईसीयू नर्सहरुलाई नयाँ प्रविधि र ज्ञानबारे जानकारी गराएर बिरामीको स्याहार सुसारकालागि दक्ष बनाउन नियमित रुपमा सञ्चालन गरिँदै आएको सीएमईमा यसपटक भने उपत्यकाका विभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत ६० जना नर्सहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .