ad ad

समाज


वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा डाक्टरी पढ्दै गरेका २ युवाको मृत्यु

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा डाक्टरी पढ्दै गरेका २ युवाको मृत्यु

नेपालखबर
माघ ८, २०८० सोमबार ९:३०, पर्सा

पर्साको वीरगञ्जमा डाक्टरी पढ्दै गरेका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। 

आइतबार वीरगन्ज– १५ भिस्वामा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वीरगन्वस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव र बाराको सुवर्णपुरका २३ वर्षीय सञ्चित यादव छन्। उनीहरु दुवै एमबीबीएस दोस्रो वर्षका विद्यार्थी भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

दुवै युवकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .