ad ad

समाज


शुक्लाफाँटामा चितुवा मृत फेला, हिंस्रक जनावरले मारेको आशंका

शुक्लाफाँटामा चितुवा मृत फेला, हिंस्रक जनावरले मारेको आशंका

नेपालखबर
माघ ७, २०८० आइतबार ८:१३, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा शनिबार एउटा चितुवा मृत अवस्थमा फेला परेको छ। 

सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको जानकारी दिए। 

‘सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ’, उनले भने, ‘चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन्।’ 

सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .