ad ad

समाज


गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने

गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १०:५८,

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले ललिता निवासभित्रको एनआरएनएको जग्गाको सावाँब्याजसहित रकम उठाउन पहल सुरु गर्ने बताएका छन्। भूमाफियाले संघलाई फसाएको भन्दै अध्यक्ष पन्तले शनिबार संघको कार्यसमिति बैठक बसेर ब्याजसहित रकम उठाउने गरी निर्णय गर्ने नेपालखबरसँग बताएका हुन्।

‘हामीले सबै प्रकारको कागजातहरुको हेरेरै खरिद गरेका हौँ। तर भूमाफियाले यसमा फसाएका छन्’, पन्तले भने, ‘अब जग्गाको सावाँ ब्याजसहित रकम असुल्न प्रक्रिया अघि बढाउने छौं।’

अध्यक्ष पन्तले जग्गा खरिद गर्दा कुनै प्रकारले कमी/कमजोरी भए/नभएको विषयमा समेत छानबिन हुने बताए।

एनआरएनले शोभाकान्त ढकाल तथा उनका परिवार र रामकुमार सुवेदी तथा उनका परिवारका नाममा रहेको जग्गा खरिद गरेको थियो। एनआरएनले उनीहरुबाटै किनेको बताएका छन्। यी दुवै जना बालुवाटार जग्गा प्रकरणका नाइके भूमाफिया हुन्।

एनआरएनले सो जग्गा १२ करोड ७२ लाख रुपैयाँमा खरिद गरेको थियो। ललिता निवास रहेको ७४८, ७५२, ७४४, ७४६ र ७५० नम्बर कित्ताको ४८ आना जग्गा खरिद गरेको थियो। प्रतिआना २६ लाख ५० हजार रुपैयाँमा जग्गामा २४ करोड रुपैयामा खरिद गरेको थियो। जसमा २४ करोडको लागतमा भवन समेत निर्माण भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा अदालतमा मुद्दा दायर गर्दै सो एनआरएनको सो जग्गा जफत गर्न माग माग गरेको छ। २०७१ फागुन २५ गत तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र संविधानसभामा अध्यक्ष सुवास नेम्वाङले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए। शिलान्यास भएको चार महिनापछि मात्रै सो जग्गा एनआरएनको नाममा रजिस्ट्रेसन पास भएको थियो।

अध्यक्ष पन्तले संघले सरकारलाई सो जग्गा उपभोग गर्न दिनका लागि समेत आग्रह गर्ने बताए।

‘परराष्ट्र मन्त्रालयमा दर्ता भएको हाम्रो सामाजिक संस्था हो। नेपालको श्रीवृद्धिकै लागि काम पनि गरेका छौ’, पन्तले भने, ‘त्यसैले सरकारसमक्ष औपचारिक रुपमा आग्रह गर्नेछौँ।’ यसअघि पनि सरकारसँग भवन भोगचलनका लागि अनौपचारिक रुपमा आग्रह गरिसकेको अध्यक्ष पन्तले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .