ad ad

राजनीति


एमसीसीका ६ शर्तमध्ये चारवटा कार्यान्वयन भइसकेका छन्ः विष्ट

एमसीसीका ६ शर्तमध्ये चारवटा कार्यान्वयन भइसकेका छन्ः विष्ट

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १०:५५,

 एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का ६ पूर्वशर्तमध्ये चारवटा कार्यान्यनव भइसकेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले शुक्रबार राजधानीमा गरेको एमसीसी परियोजनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक विष्टले संसदबाट अनुमोदन गर्ने र जग्गा अधिग्रहण (साइड क्लियरेन्स) गर्न बाहेकका चारवटा पूर्वशर्तहरु कार्यान्यनव भइसकेको बताए।

‘जग्गा अधिग्रहण र संसदबाट अनुमोदन गर्ने बाहेकका अन्य चार शर्तहरु पूरा भएका छन्’, उनले भने, ‘यी दुई शर्तहरु पूरा नहुँदा परियोजना सञ्चालनमा ढिलाइ हुने हो कि भन्ने भइरहेको छ।’

उनले राष्ट्रिय गौरवको आयोजन घोषणा गर्ने, पारियोजना कार्यान्वयनसँग सम्बन्धित सम्झौता गर्ने, विद्युतीय नियमन आयोगको गठन र भारतसँग सहमति गर्ने काम सम्पन्न भइसकेको जानकारी दिए।

संसदबाट सम्झौता अनुमोदन र आयोजना निर्माण स्थल खाली गरिसकेपछि मात्रै एमसीसी परियोजना कार्यान्यवनमा जाने उनको भनाइ थियो।

‘असार १६ गतेभित्र यी दुवै शर्तहरु पूरा गर्नुपर्ने हुन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .