समाज


भीड नियन्त्रणमा घातक हतियार प्रयोगबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

भीड नियन्त्रणमा घातक हतियार प्रयोगबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८० बिहिबार १७:४९, काठमाडौँ

भीड नियन्त्रण गर्दा प्रहरीलाई घातक हतियार प्रयोग गरिएकोबारेमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।

प्रहरीलाई मेटल बुलेटसहितको घातक हतियार प्रयोग नदिन माग गर्दै बुधबार परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालको इजालसले बिहीबार सरकारसँग जवाफ मागेको हो। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै बुधबार सर्वोच्च रिट हालेका थिए। 

उक्त रिटमाथि बिहीबार भएको सुनुवाइपछि अदालतले सरकारसँग लिखित जवाफ मागेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। 

त्रिपाठीको रिटमा भीड नियन्त्रणका लागि अत्याधिक बल प्रयोग एवम् हिंसात्मक साधानको प्रयोगलाई बर्जित गर्न माग गरिएको थियो।

भीड नियन्त्रणको तौरतरिकाबारे प्रदर्शनका बेला खटिने प्रहरीहरूलाई प्रशिक्षण दिन र यसलाई अनिवार्य तालिममा समावेश गर्न पनि उनले माग गरेका थिए। 

भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग नगर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डको पालना गर्न र निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गरी ज्यान लिनेलाई ज्यानसम्बन्धी कसुरमा अभियोजन गर्न पनि त्रिपाठीले माग गरेका थिए।

यस्तै, प्रहरीले आत्मा सुरक्षाका साधनको अभावमा पनि अत्याधिक बल प्रयोग गरेको भन्दै प्हरीलाई पर्याप्त हेल्मेट, सुरक्षा ज्याकेट एवम् बुलेटफ्रुफको निरन्तर आफूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ।

त्रिपाठीले यो रिटको टुंगो नलागेसम्म घातक हतियार प्रयोगमा रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए। तर अदालतले अन्तरिम आदेश नदिई सरकारसँग जवाफ मात्रै मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad